Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दावासँग कनेक्सन देखिएका तत्कालीन महानिर्देशक अधिकारीको मोबाइल रिपोर्ट गायब !

काठमाडौं । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र साढे ६१ किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा बेल्जियम नागरिक दावा छिरिङबीचको गहिरो कनेक्सन पुष्टि हुने प्रमाणहरू गायब पारिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तत्कालीन नेतृत्वले अधिकारीको मोबाइल रिपोर्ट गोप्य राखेर अधिकारीलाई उन्मुक्ति दिने प्रयास गरेको थियो ।

तत्कालीन समयमा सीआईबीले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित उच्चस्तरीय जाँचुझ आयोगलाई समेत अधिकारीको मोबाइल रिपार्ट नदिएर असहयोग गरेको थियो ।

अधिकारी राजस्व अनुसन्धान विभागमा भएकै समयमा सुन तस्कर दावा छिरिङसँग विच्याटमा लामो कुराकानी गर्ने गरेको र व्यावसायिक डिलिङसमेत गर्ने गरेको विवरण सार्वजनिक भएको थियो ।

त्यतिबेला भने अधिकारी राजस्व अनुसन्धान विभागबाट सरुवा भएर गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको महानिर्देशकको रूपमा आइसक्नुभएको थियो। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077