Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीविरूद्ध सिंहदरबार बाहिर प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने नेपाली कांग्रेसनिकट नेविसंघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् ।

गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए ।

सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घाेषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् ।

नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमार्फत् आवाज उठाउँदै आएको छ । यसैक्रममा सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077