Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘अनलाइन क्यासिनो गेम’ खेलाउने चार जना पक्राउ

काठमाडौं । क्यास एप एप्लिकेसनमार्फत हारजित हुने गरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका-१० घर भई हाल चावहिल मनमैजु बस्ने सरिता लामा,सिन्धुपाल्चोकको थाङपाल गाँउपालिका-८ घर भई हाल मनमैजु बस्ने सारङ्गा गुरुङ, खोटाङको बाहुनीडाँडा गाँउपालिका-६ घर भई हाल गोकर्णेश्वर वेशीगाँउ बस्ने पुर्णीमा राई र नुवाकोटको शिवपुर गाँउपालिका-१ घर भई हाल गोकर्णेश्वर बस्ने तेम्बा लामा रहेका छन् ।

विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077