Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनलाइन क्यासिनो खेलाउने सरितासहित चार जना प्रहरीको खोरमा

काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् ।

उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद भएका छन् ।

उनीहरुले क्यास एप, फायरक्रिन एप्लिकेशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077