Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रृंखलाबद्ध रुपमा ठगी गर्ने अर्याल सिनांमगलबाट पक्राउ

काठमाडौं । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महाराजगञ्जका ४४ वर्षीय केदार अर्याल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अर्याललाई सिनांमगलबाट पक्राउ गरेको हो।

अर्यालले झापा घर भएका दुर्गा प्रसाईंको ८४ लाख ठगी गरेपछि उनीविरुद्ध प्रसाईंले दायर गरेको मुद्दामा जिल्ला अदालत झापाले ८४ लाख बिगोका साथै २ वर्ष कैदको सजाय समेत तोकेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अर्यालले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नभई अर्कै दुर्गा प्रसाईलाई ठगी गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी अर्यालले झापाको दमकमा पम्मी देवानको हजुरआमाको ३ बिगाहा जग्गा ग्लोबल आईएमई बैंकमा धितो राखेको थाहा पाएपछि आफू बैंककै प्रतिनिधि बताई ५० लाख रुपैयाँ लिएर ठगी गरेको आरोप छ।

पक्राउ परेका अर्याललाई कारबाहीका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077