Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृहमन्त्री लामिछानेबारे छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अनुसन्धानमा रहेका व्यक्ति मन्त्री पदमा बस्न नमिल्ने भन्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो माग गरेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डले उठेका विषयमा चित्तबुझ्दो जवाफ नदिएको बताए ।

प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको छ । उहाँ नै अध्यारोमा हुनुहुन्छ । अब कसरी निष्पक्ष छानबिन होला ? उहाँले प्रमाण छैन भन्नुभएको छ सरकारीबाट रवि लामिछानेको नाममा पेश्की फच्छ्यौट भएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।’

नेता लेखकले प्रधानमन्त्रीले लामिछानेलाई कारबाही गर्न प्रमाण नभएको भनेपनि पर्याप्त प्रमाण रहेको दाबी समेत गरे ।

छानबिन गर्न सरकार तयार नभए संसद चल्न नसक्ने उसले चेतावनी दिएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका थिए ।

उनी कुनै सहकारीको सञ्चालक र व्यवस्थपन नभएको र उनको नाममा प्रवाह भएको ऋण फर्स्योट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ आएको प्रधानमन्त्रीको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077