Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साथीको हत्या गरेर फरार भएका तेजबहादुर २१ वर्षपछि पक्राउ

काठमाडौं । साथीको हत्या गरेर फरार भएका व्यक्तिलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान घर भएका ४१ वर्षीय तिखे भनिने तेजबहादुर राई छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई २१ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको हो।

राईले २१ वर्षपछि २०५९ असोज १४ गते काठमाडौं महानगरपालिका–२९ मरुढोका इनाटोलस्थित राँगा काट्ने बधशालामा सञ्जय शाहीको हत्या गरेका थिए।

इनाटोलका स्थानीय बासिन्दा शाहीसँग मदिरा सेवन गरेर भनाभन भएपछि राईले हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

विनोद शाहीले सञ्चालन गरेका बधशालामा हत्या गरेर शाहीको शव विष्णुमति खोला किनारमा फालिएको थियो । हत्या पछि राई भारत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077