Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इलाम २ को उम्मेदवार छान्न रास्वपाले प्राइमरी इलेक्सन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ।

रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका निकालेको हो।

जसअन्तर्गत चैत ६ देखि १४ गतेसम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन्।

⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ। ⁠चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ।

१५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेदवारको अन्तिम नामावली निकालिने रास्वपाले जनाएको छ।

चैत १६ गते मतदानको कार्यतालिका रहेको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ। प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077