Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं प्रशासनले भन्यो - मर्यादित र अनुशासित ढङ्गले होली मनाउनू, नत्र कारबाही हुन्छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित र अनुशासित ढङ्गले फागु पूर्णिमा (होली) पर्व मनाउन अनुरोध गरेको छ ।

मंगलवार विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनले अरूको अधिकार हनन् नहुने गरी होली मनाउन अनुरोध गरेको हो । होलीको दिन गैरकानूनी क्रियाकलाप नगर्न आग्रह गर्दै गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।

‘आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सांस्कृतिक पर्व मनाउन हुन अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोही कसैले यस्ता अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानूनबमोजिम कारवाही भइजाने व्यहोरासमेत सूचित गरिएको छ ।’

जबरजस्ती रङ दल्ने तथा अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने भएकाले यस्ता अमर्यादित कार्य नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077