Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसले आज पनि संसद् अवरुद्ध पार्ने

काठमाडौं । नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ ।

सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो।

कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने भनेको छ ।

सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेसले बताउदैँ आएको छ ।

मंगलबारै प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077