Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रविमाथि छानबिनका लागि समिति गठन गर्न कांग्रेसले दियो अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएकी हुन् ।उनले सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान हुनुपर्ने बताइन्।

अनधिकृत रूपमा सहकारीबाट पैसा लिइएका मानिसलाई कारबाही गरिनुपर्ने पनि उनले बताइन्। न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्।

उनले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको दाबी गरिन्। उनले आगामी बैठकसम्म सरकार समिति गठन गर्न तयार नभए सदन सत्तापक्षले अवरोध गरेको हुने ठहरिने बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077