Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत र आयरल्यान्डसँग फ्रेन्डसिप कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । c(क्यान)ले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ ।

हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा छन् । नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी-२० खेल्नेछ ।

त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ ।

नेपालले पहिलो खेल चैत्र १८ गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

May be an illustration of 1 person and text that says 'CAN SQUAD FIRST WO T20 MATCHES AGAINST IRELAND WOLVESAND SMS FRIENDSHIP CUP, GUJARAT ROHIT PAUDEL (C) AASIF SHEIKH KUSHAL BHURTEL KUSHAL MALLA BIBEK YADAV SUNDEEP JORA ANIL SAH GULSHAN JHA DIPENDRA SINGH AIREE LALIT RAJBANSHI KARAN KC SOMPAL KAMI PRATIS GC ABINASH BOHARA AAKASH CHAND Second NEPAL #WECAN #HAPPYDRESSINGROOM #ONEBALLBATTLES #NEPALCRICKET'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077