Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद सुवालको टिप्पणी - सत्ता गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा हो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले यस्तो बताएका हुन् ।

सांसद सुवालले गरिबी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए ।

सांसद सुवालले प्राङगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए।

सांसद सुवालले सभामुख देवराज घिमिरेलाई सांसदहरुको अभिभावकीय भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077