Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकल महिलालाई प्रेमको जालोमा पारेर ठगी गर्ने सई निलम्बित

काठमाडौं । एकल महिलालाई बिहे गर्ने आश्वासन दिई ठगी गरेको र शोषण गरेको आरोपमा प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारी कारबाहीमा परेका छन्।

सवारी महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक(सई) मदन तामाङलाई मङ्गलबार निलम्बन गरिएको हो ।

उनले एक महिलालाई विभिन्न आश्वासन दिएर ५४ लाख रुपैयाँ ठगी गरेको छानबिनबाट पुष्टि भएपछि निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।

पीडित महिलाले छ महिना अगाडि नै उजुरी दिएकोमा बल्ल छानबिन र कारबाही अघि बढेको हो।

सइ तामाङकी श्रीमतीले समेत ठगीमा सहयोग गरेको छानबिनबाट खुलेको छ।

पीडित एकल महिलालाई तामाङले आफू अविवाहित रहेको भन्दै झुक्याएका थिए।

प्रेमको नाटक गरेर उनले ठगी गरेको छानबिनबाट पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077