Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीमा भेटियो विस्फोटक पदार्थ

कैलाली । कैलालीको हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार बिहान गोदावरी नगरपालिका–४ को हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको हो ।

नेपाली सेनाले प्रयोग गर्ने टुईन्च मोटर बम फेला परेको कैलाली प्रहरीले जनाएको छ । स्थानीयले हाटखोलीस्थित खोलामा टुईन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको बताइएको छ ।

सो क्षेत्रमा नेपाली सेनाले तालिम गर्ने गरेको बताइएको छ । सोही क्रममा बम हराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077