Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

गएराति १ बजे मध्यविन्दु नगरपालिका वडा नम्बर ११ दमार चोकस्थित भित्री सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका ११ का ३० वर्षीय अनिल बिक रहेका छन् ।

त्यसैगरी दुर्घटनामा २५ वर्षीय अजय ठकुरी र मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर बिक घाइते भएका छन् । उनीहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077