Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डढेलोमा परेर बाबु-छोरीको मृत्यु, ४५ वटा बाख्रासमेत मरे

कालीकोट । कालीकोटको खाडाचक्र-५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो ।

चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा ज्यान गएको हो ।

छोरीको चैत ४ गते र बुवाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । डढेलोमा जलेर ४५ वटा बाख्रासमेत मरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077