Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँसबारी जग्गा प्रकरणमा बसन्तसँग पनि लियो सीआईबीले बयान

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बसन्त चौधरीसँग पनि बयान लिएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा सीआईबीले चौधरीसँग बयान लिएको हो ।

चौधरीसँग बुधबार नै बयान लिइएको सीआईबी स्रोतले बतायो । बसन्त चौधरीसँगको बयानपछि आज बिहान सीआईबीले कांग्रेस सांसदसमेत रहेका विनोद चौधरीसँग बयान लिएको छ।

उनी बिहान ७ बजे बयानका लागि सीआईबी कार्यालय पुगेका थिए। यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरूण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो।

बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सीआईबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरूण चौधरीसहित  चाँदवाग रेसिडेन्सी प्रालि बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।

कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077