Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुण्डी कारोबारमा संलग्न चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा नरेश अग्रवाल, दीपकश शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मुद्दा दायर भएको हो ।

राजश्व अनुसन्धान विभागबाट समेत अमेरिकी डलर र नेपाली रुपैयाँको स्रोत नखुलेको भन्दै उनीहरुलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर चारै जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा नरेश अग्रवालले ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँको कारोबार देखिएकोले सोही बमोजिम बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

अर्का प्रतिवादी दिवस कार्कीविरुद्ध ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । प्रतिवादी दीपक शाह ठकुरीले ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको भन्दै सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।

मनोहर साह कलवारको हकमा ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरुले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा (१) बमोजिम कसुर गरेको भन्दै बिगाको दोब्बर जरिवाना समेत मागदाबी गरिएको छ ।

त्यस्तै नरशे अग्रवालको नाममादर्ता भएको बा१९च १०१७ नम्बरको १ थान सवारी साधन तथा प्रतिवादीहरुबाट बरामद भएका रकम समेत जफतका लागि मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077