Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेसियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

एजेन्सी । इन्डोनेसियाको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन्।

सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत पाएका हुन् ।

प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सुबिआन्तोले जनताको हितमा काम गर्न कडा मिहिनेत गर्ने बताएका छन् । यद्यपि उनका दुबै प्रतिद्वन्द्वीले चुनावी नजितालाई चुनौती दिने बताएका छन् ।

इन्डोनेसियामा २०.५ करोड मतदाता छन्, यही १४ फेब्रुअरीमा भएको निर्वाचनमा ८० प्रतिशतले मतदान गरेका थिए । तर राष्ट्रपति चुनाव प्रचारका क्रममा उनले आफ्नो छवि सुधारका लागि सामाजिक सञ्जालमार्फत निकै मिहिनेत गरे ।

उनले प्रचारमा युवाहरुलाई आकर्षित गर्ने प्रयास गरे । उनले आगामी अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077