Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ठग्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ग्रीस पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने २३ वर्षीय निशेषकुमार मुक्तान र गोरखा धार्चे गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने २० वर्षीया विनिता गुरुङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौं बौद्धबाट र बिनितालाई काठमाडौं वसुन्धाराबाट पक्राउ गरेको हो ।

उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख रूपैयाा तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी ६९ लाख ३० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077