Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेप्सेमा १५ अंकको गिरावट, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको हो।बिहीबार नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये ४९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १८७ कम्पनीको भट्यो भने बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहीबार ५२ हजार ३ सय १७ वटा कारोबारबाट १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम धेरै हो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077