Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद‍् आक्रोश पोख्ने र विरही बिसाउने ठाउँ होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको उन्नतिका लागि अग्रसर हुनुपर्ने बताएका छन्।

५१ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, 'सरकारबाट हट्नु पर्‍यो भनेर निहुँ खोजेर संसद अवरोध गर्ने,च्याठिने, आक्रोश पोख्ने, विरही बिसाउने,छाती पिटेर रुने मात्र ठाउँ होइन। राजनीतिलाई एउटा माध्यम बनाएर केही संमेमका साथ समाजको उन्नतिका लागि, प्रगतिका लागि, शान्तिका लागि, समानताका लागि, सबैको सुरक्षा र सबैको सम्मानमा ध्यान दिनुपर्छ।'

अध्यक्ष ओलीले जनताको शान्ति,सुरक्षा र सम्मानका लागि सबै राजनीतिक दलहरू एक हुनुपर्ने बताए। प्रतिपक्षी नेपाली कांग्रेसलाई लक्षित गर्दै अध्यक्ष ओलीले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने तर्क गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेकपा एमाले सुशासन,सामाजिक न्याय र समानताको पक्षमा रहेको बताए।

कुनै पनि व्यक्तिमाथि अपमान, हेला हुनु भनेको असभ्यताको अर्को नाम रहेको बताउँदै ओलीले यस्तो काम कसैले गर्छ भने त्यसलाई हिंसाको रुपमा लिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077