Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीआईबीमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका उडेका छन् ।

बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन्।

चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा बयान लिइएको थियो ।

सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

चौधरीले भने इन्कारी बयान दिएका छन्। उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077