Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मसाल जुलुस, नेविसंघ र प्रहरीबीच झडप

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसनिकट नेविसंघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गरेको छ।

बिहीबार साँझ नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले सरकारविरुद्ध मसाल जुलुस निकालेको हो।

नेविसंघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ। उनीहरुले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएपछि नेविसंघ र प्रहरीबीच झडप भएको हो।

राँके जुलुस प्रदर्शन गर्दै उनीहरुले सहकारी पिडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे लगाएका नारा लगाएका थिए।

नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077