Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेले बोलायो सचिवालयको बैठक

    एमालेले बोलायो सचिवालयको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 306
    SHARES

    काठमाडौं । नेकपा एमालेले आइतबार सचिवालयको बैठक बोलाएको छ।

    आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।



    बैठकमा पार्टीको सांगठनिक गतिविधि, आगामी वैशाख ८ र ९ गते बस्ने महाधिवेशन प्रतिनिधि परिषद् बैठक र वैशाख १० गते पार्टी स्थापना दिवसको तयारी र समसामयिक राजनीतिबारे छलफल हुनेछ।



    यता नेकपा एमालेलाई समाजवादी मोर्चामा भित्र्याउने कसरत अगाडि बढेको छ।

    नयाँ सत्ता समीकरणमा वामपन्थी दलहरुको बाहुल्यता भएसँगै एमालेलाई समाजवादी मोर्चामा ल्याउन छलफल अगाडि बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार