Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

घुससहित पक्राउ परेका सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाइ कार्यालय सप्तरीका सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सव-इन्जिनियर अजय रजकविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

केही दिनअघि अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको १५ हजार नगद र ५५ हजारको चेकसहित उनलाई नियन्त्रणमा लिएको थियो।

उनीमाथि ७० हजार रुपैयाँ बराबरको बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077