Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपा एमाले समाजवादी मोर्चामा सामेल नहुने

काठमाडौं । नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीका अनुसार एमाले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने भएको हो ।

शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले समसामायीक विषयमा प्रधानमन्त्रीसँग राम्रै कुरा भएको बताए ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो ।

एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई जिम्मेवारी दिएको थियो।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी र नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077