Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माछा मार्न गएका बालक तिला नदीमा डुबे, खोजी कार्य जारी

कालीकोट । कालीकोटको तिला नदीमा डुबेर बालक बेपत्ता भएका छन् ।

जिल्लाको तिलागुफा नगरपालिका-६ गाल्जेस्थित तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन् ।

प्रहरी चौकी गाल्जे अनुसार अहिले उनको खोजी भइरहेको छ । नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोलीसहित स्थानीयले बालकको खोजी गरिरहेका छन् ।

बेपत्ता बालक कालिका माध्यमिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077