Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्ज भारतबाट पक्राउ

रूकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह भारतमा पक्राउ परेका छन् ।

प्रभु बैंक आठबिसकोट शाखामा एक करोड बढी आर्थिक अनियमितता गरी फरार भएका अपरेसन इञ्चार्ज शाह भारतको गोवाबाट पक्राउ परेका हुन् ।

उनी माघ २१ गतेदेखि एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरी सम्पर्कविहीन थिए ।

आफूहरूलाई ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए भने शाहविरूद्ध बैंक स्वयमले पनि किटानी जाहेरी दिएको थियो ।

शाहविरूद्ध बैंकिङ कसुर मुद्दामा अपरेसन इञ्चार्ज शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरेको भन्दै बैंकको तर्फबाट बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले किटानी जाहेरी दिएका थिए ।

उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर प्रहरी थप अनुसन्धान थालेको छ ।

[insert page='273911' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077