Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यान्मारको म्यावड्डीमा अलपत्र परेका १३ नेपालीको उद्धार, काठमाडौं पठाइयो

काठमाडौं । विगत लामो समयदेखि थाइल्यान्डसँगको सीमानजिक पर्ने म्यान्मारको म्यावड्डीमा अलपत्र परेका १३ जना नेपालीको उद्धार गरिएको छ ।

बैंककस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूलाई थाई परराष्ट्र मन्त्रालय र थाई इमिग्रेसन ब्युरोको सहयोगमा उद्धार गरिएको हो ।

म्यानमारको यांगोनमा रहेको नेपाली राजदूतावास समेतको समन्वयमा आफ्नो लामो प्रयासपश्चात् उक्त क्षेत्रबाट उद्धार गरी नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने कार्य सम्पन्न भएको थाइल्यान्डस्थित नेपाली दूतावासले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राजदूतावासले कर्मचारी खटाइ १३ जना नेपाली नागरिकलाई थाई–म्यान्मार सीमा पार गराएर थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रामार्फत बैंकक हुँदै शुक्रवार नै काठमाडौं पठाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077