Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो

एजेन्सी । अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन् ।

गाजा युद्धविराममा राष्ट्रसंघीय सुरक्षा परिषदमा रुस र चीनले शुक्रबार भिटो लगाएका हुन् ।

साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमासा’ गरेको आरोप लगाएको छ।

पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077