Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीले भने - कोशीमा सहमतीय सरकारको विकल्प छैन

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशीमा सहमतीय सरकार गठन गर्नुपर्ने बताएका छन्।

नेपाल क्षयरोग निवारण संस्थाको ४४ अ‍ौं केन्द्रीय सभाको वार्षिक अधिवेशनमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताए ।

उनले संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताए ।

मुख्यमन्त्री कार्कीले भने,‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेको हुँ । एमालेकै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु।’

उनले पूर्वमुख्यमन्त्रीले दिएकै मन्त्र अनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणसँगै बजेटसमेत कार्यान्वयनमा लगेको बताए ।

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077