Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

होली सभ्य र मर्यादित भएर होली खेल्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभ्य र मर्यादित भएर होली खेल्न आग्रह गरेका छन्।

शनिबार एमाले मधेश सम्पर्क कमिटीको होली विशेष कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले रंगहरूको पर्व होलीलाई उच्छृङखल गतिविधिबिना सभ्य भएर मनाउन आग्रह गरे।

अध्यक्ष ओलीले होली मनाउँदा अरुको स्वतन्त्रतामाथि खलल नपर्नेगरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उल्लेख गरे।

अध्यक्ष ओलीले भने, 'होली खेल्दा विचार गरेर खेल्नुपर्ने हुन्छ। अरुमाथि आघात पुर्‍याउनु हुँदैन। सामाजिक मित्रतामाथि ध्यान दिनुपर्छ। बलजफ्ती रंग लगाउनुहुँदैन। त्यहँ ठूलो अप्रियता हुनसक्छ। अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्छ। रंग दल्दिँदैमा रमाइलो हुँदैन। दलिमाग्ने मान्छेले पनि रमाइलो मान्नुपर्छ। इच्छाविपरित रमाइलो हुँदैन। इच्छामा मात्रै रमाइलो हुन्छ। लोला हाल्ने र गोला फाल्ने त गर्न नै हुँदैन।'

होली सबै पर्वभन्दा पुरानो पर्व बताउँदै अध्यक्ष ओलीले यो पर्वमा रंग लगाउँदा वा गीत गाउँदा छुट्टै खालको उमंग मिल्ने बताए।

हरेक चाडपर्वहरू समाज विकाससँग जोडिएको भन्दै देखापरेका विकृति विसंगतिहरूलाई हटाउँदै लैजानुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077