Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीबीसँग मेरो कुनै संलग्नता छैन, आकाश-पाताल जहाँ भए पनि पक्राउ गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ भए पनि पक्राउ गर्ने बताएका छन् ।

शनिबार एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि जीबीलाई पक्राउ गरिछाड्ने प्रतिबद्धता जनाए। उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।

राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए ।

गृहमन्त्री लामिछानेले भने,'जीबी राई दोषी रहेछ भने सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं ।'

उनले सहकारीमा सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताए। सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने गृहमन्त्री लामिछानेको भनाई छ ।

सरकारमा बसेर प्रतिशोध कसैसँग नसाँध्ने पनि लामिछानेले बताए । उनले काम गर्न नसकेको र काम गर्न नदिएको दिन सरकार छोडेर हिँड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077