Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा तीन हजार प्रहरी खटाइने

काठमाडौं । फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा प्रहरीले कडाइ गर्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले होलीलाई लक्षित गरी उपत्यकामा तीन हजार सुरक्षाकर्मी खटाउने भएको हो ।

होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यस वर्षको होली पर्वका लागि २ हजार ५ सय पोसाकधारी र ५ सय सादा पोसाकका गरी तीन हजार प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077