Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीबी राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति लगाएको गृहमन्त्रीको दाबी

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले देशभरी सहकारीमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका हुन् । गृहमन्त्री लामिछानेले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे।

गृहमन्त्री लामिछानेले भने, 'काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।'

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने गृहमन्त्री लामिछानेको भनाइ छ। प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले दावी गरे

उनले सहकारी पीडितसँग सरकारले वार्तामार्फत् समस्या समाधानको प्रयास गरिरहेको बताए। सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने गृहमन्त्री लामिछानेले दाबी गरे।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077