Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकाबाट २९ जुवाडे पक्राउ

    काठमाडौं उपत्यकाबाट २९ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट तासजुवा खेलेको आरोपमा २९ पक्राउ परेका छन् ।

    नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।



    रानिवन बस्ने गोरखा ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापासमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

    यसैगरी नागार्जुन नगरपालिका–१ रानिवनकै सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

    धादिङ चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    उनीहरुबाट १ लाख ३२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित बरामद भएको छ । त्यस्तै ललितपुर महानगरपालिका–१८ नख्खुस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ निलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार