Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंबाट जथाभावी रंग दल्ने ९२ जना पक्राउ

    काठमाडौंबाट जथाभावी रंग दल्ने ९२ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 336
    SHARES

    काठमाडौं । होली मनाउने क्रममा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ९२ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

    जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।



    त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २ पांग्रे सवारी (मोटरसाइकरस्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०२ थान सवारी साधन नियन्त्रणमा लिइएको छ ।

    अन्य अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ । होलीलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

    ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार