Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

डोटी । डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज थप एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

ओझासँगै ढिस्कोमा पुरिएकी ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

यसअघि, शनिबारमात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077