Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी पाँच राजनीतिक दलको नाम परिवर्तन

काठमाडौं । निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ ।

आयोगले नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, किरात खम्बुवान साझा पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले दिएको निवेदन अनुसार प्रस्तावित नाम स्वीकृत गरेको हो ।

गत बिहीबार बसेको आयोगका पदाधिकारीको बैठकले अनुसार ताम्सालिङ लोकतान्त्रिक पार्टीको नाम ‘जनप्रिय लोकतान्त्रिक पार्टी’, नेपाल सुकुमवासी पार्टीको नाम ‘नेपाल जनता संरक्षण पार्टी’ तथा आमूल परिवर्तन मसिहा पार्टीको नाम ‘रिपब्लिक पार्टी नेपाल’ हुने भएको छ ।

यसअघि गत फागुन २३ गतेको निर्णय अनुसार किरात खम्बुवान साझा पार्टीको नाम ‘राष्ट्रिय साझा पार्टी’ तथा नेपाल दलित पार्टीको नाम ‘नेपाल मानवतावादी पार्टी’ हुने भएको छ। नयाँ नाम स्वीकृत भएको दलको दर्ता मिति भने पुरानै कायम रहने छ ।

यसैबीच दलको नाम परिवर्तन सम्बन्धमा आयोगको निर्देशनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077