Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित तीनजना पक्राउ

रुपन्देही । रुपन्देहीमा लागुऔषधसहित तीनजना युवाहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–३ निवासी १९ वर्षीय अनरजित यादव, सोही ठाउँका १९ वर्षकै आशिष धोवी र सिद्धार्थ नगरपालिका–१ का २९ वर्षीय सहदेव हरिजन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेका युवाहरूको साथबाट ७५ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

लु ४८ प ८८७ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल समेत बरामद गरिएको भट्टले बताए। उनीहरूलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरी सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077