Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुहाङलाई शुभकामना दिँदै ओलीले भने - उनमा केही गर्ने हुटहुटी र ऊर्जा छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको टिप्पणी गरेको छ ।

इलाम क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सुहाङबारे सामाजिक सञ्जालमा लैख्दै सो टिप्पणी गरेका हुन् ।

उनले ‘आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा’ रहेको बताए । ओलीले सुहाङसँगैको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गर्दै विजयको शुभकामना पनि दिएका छन् ।

३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077