Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा 'ग्याङ फाइट', दुई जनाको मृत्यु

ललितपुर । होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट हुँदा दुईजना युवाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा गएराति दुई समूहबीच कुटाकुट हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ज्यान गुमाउनेमा पाँचथरका २८ वर्षीय पुजन राई र सुनसरीका २७ वर्षीय रोबस राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा १८ जनालाई धारिलो हतियारसहित पक्राउ गरिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077