Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपनिर्वाचनको चटारोमा दलहरू

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई उम्मेदवार छनोटलगायत चुनावी तयारीको चटारोले छोपेको छ।

नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि खाली रहेको इलाम क्षेत्रनम्बर २ र बझाङ क्षेत्रनम्बर १ को प्रदेश सभा (क) मा हुने उपनिर्वाचनका लागि दलहरू तीव्र तयारीमा लागेका हुन्।

दलहरू उम्मेदवार छनोटमा जुटिरहँदा निर्वाचन आयोग नेपालले पनि उपनिर्वाचनको पूर्वतयारीका सबै काम दु्रतगतिमा अघि बढाएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने– ‘आयोगले सरकारसँग मागेको १० करोड स्वीकृत पनि भइसकेको छ, हामीलाई ७–८ करोड भए पुग्छजस्तो लाग्छ । कर्मचारी घटाउने नै मुख्य खर्च हो । बजेट स्वीकृति भइसक्यो, अख्तियारी गर्ने काम भइरहेको छ, कार्यालय स्थापना हुनासाथ हामी बजेट पठाइहाल्छौं।’नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077