Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इलाम–२ मा हुने उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा पठाएको छ।

क्षेत्रीय र जिल्ला समितिले गरेको सिफारिसको आधारमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि कोशी कांग्रेसले ७ जनाको नाम केन्द्रमा पठाएको हो।

आंकाक्षीमध्ये पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखिएको छ । दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरिएको छ ।

नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस भएको छ ।

कांग्रेसको विधानअनुसार संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ।

एमाले सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा १५ वैशाखमा निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077