Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष एवं राजनीति ब्युरो स्थायी समिति सदस्य वाङ हुनिङबिच भेटवार्ता भएको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइतबार चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार स्थायी समिति सदस्य वाङसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबिचको सम्बन्धका बारेमा कुराकानी भएको बताइएको छ ।

दुई देशबिचको सम्बन्ध उत्कृष्ट रहेको भन्दै दुवै जनाले खुसी व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशको आर्थिक विकास र समृद्धि विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा दुई देशबिचको सम्बन्धलाई अझै कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077