Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता कोइराला भन्छन् - देशमा स्थायी गठबन्धन छैन, प्रदेश सरकारलाई नफेरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पटक पटक सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि ठीक हुने बताएका छन्।

मंगलबार फेसबुकमा लेख्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको तर्क गरे।

नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,'निर्वाचन भएको डेढ बर्षमै पटक(पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ । मध्यावधि निर्वाचन आजको आवस्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौं र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऔं।'

नेता कोइरालाले स्थायी गठबन्धन नहुँदा त्यसको असर संघ र प्रदेशमा पर्ने गरेको उल्लेख गर्दै मुलुकलाई स्थायी गठबन्धन आवश्यक रहेको औंल्याए।

वर्तमान प्रदेशसभाको अंक गणित हेर्दा संघकै गठबन्धनअनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेशमा मध्यावधिमा जाने देखिने बताउँदै नेता कोइरालाले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको तर्का गरे।

यसले संघीयता विरोध स्वरहरूलाई मलजल गर्ने उनको भनाइ छ। प्रदेश सरकारलाई स्थायित्व दिन छलफल जरूरी रहेको नेता कोइरालाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077