Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी यीबीच बेइजिङमा भेटवार्ता

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच बेइजिङमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीचको भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने सहमति भएको छ।

उनीहरुले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्याङ्कन गर्दै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077