Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा लक्षित ओलीको टिप्पणी - नयाँ पार्टीमा कुनै विचार छैन, क्यान्भास खाली छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीमा कुनै विचार नभएको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित यस्तो टिप्पणी गरेका हुन् ।

उनले रास्वपालाई विचार नभएको पार्टीका रुपमा चित्रण गरे । उनले भने, ‘नयाँ पार्टी विचारले नयाँ छैन। विचारमा केही पनि छैन। चित्रकलाको प्रतिष्पर्धात्मक चित्रकलामा प्रतिष्पर्धा गर्न उनीहरु आएका छन्। क्यान्भास खाली छ ।'

विचारमा कुनै नयाँपन नरहेको बरु आफ्नो पार्टी नेकपा एमालेले गरेका कामहरु चोरी गर्ने काममा लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077